• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

‘आदिपुरुष’को १ लाख टिकट बिक्रि, पहिलो दिन ५० करोड कमाई गर्ने आंकलन



एजेन्सी । आइतबारदेखि प्रभास स्टारर ‘आदिपुरुष’को अग्रिम बुकिङ सुरु भएको छ । भारतमा तीन दिनमा पिभिआरबाट मात्रै एक लाख टिकट बिक्री भएको छ । यसमध्ये २५ प्रतिशत दक्षिण राज्यका हुन् । फिल्मले पहिलो दिन सबै भाषासहित ५० करोडको व्यापार गर्न सक्ने व्यापार विज्ञहरू बताउँछन् ।

हिन्दी भर्सनमा फिल्मले १५ देखि १८ करोड कलेक्सन गर्न सक्छ । रामायणमा आधारित बनेको चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाउने चलचित्र समीक्षकको विश्वास छ । रामायण यस्तो कथा हो जसलाई दर्शकले जुनसुकै बेला हेर्न रुचाउँछन् । आदिपुरुषमा रामायणलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास भएको छ ।

इन्डियन एक्सप्रेससँग कुरा गर्दै फिल्म समीक्षक तरण आदर्शले भने – ‘मलाई रामायणको कथा मनपर्छ, त्यसैले यो फिल्म हेर्न जान्छु । बाल्यकालमा परिवारसँग बसेर रामायण हेर्ने गर्थें । रामायणप्रतिको प्रेमका कारण यो फिल्म हेर्ने म जस्ता धेरै मानिसहरू हुनेछन् । म यो फिल्म प्रभास, कृति सेनन वा सैफ अली खानको कारणले हेर्दिनँ । रामायण मेरो लागि भावना जस्तै हो । अरू सबै कुरा माध्यमिक छन्।’

एडभान्स बुकिङको मामिलामा आदिपुरुषले शाहरुख खानको पठानलाई पछि पारेको खबर छ । यद्यपि तरणले यी सबै कुरालाई अस्वीकार गरेका छन् । उनले फिल्मको अग्रिम बुकिङ राम्रो भएपनि पठानभन्दा अझै टाढा रहेको बताए । पठानको ३ लाखभन्दा बढी अग्रिम टिकट बिक्री भएको थियो ।

टाइम्स नाउको रिपोर्ट अनुसार दिल्ली र मुम्बईमा फिल्मको टिकट २ हजार रुपैयाँसम्म बिक्री भइरहेको छ । यसबाहेक नोएडामा टिकट दर १६५० रुपैयाँसम्म छ । टिकट बेंगलुरु र कोलकातामा लगभग उस्तै रकममा बिक्री भइरहेको छ । चेन्नई र हैदरावादमा टिकट दर यी ठाउँहरूको तुलनामा कम राखिएको छ ।

फिल्म निर्माता तथा व्यापार विश्लेषक गिरीश जोहरले भने, ‘प्रभासको ठूलो फ्यान फलोइङमा कुनै शंका छैन । तर उनका पछिल्ला केही चलचित्रको प्रदर्शन राम्रो हुन सकेको छैन । २०२२ मा रिलिज भएको उनको फिल्म ‘राधे श्याम’ डिजास्टर साबित भयो । सन् २०१९ मा आएको उनको फिल्म ‘साहो’ले खास केही देखाउन सकेन । ३५० करोडमा बनेको यो फिल्मको कलेक्शन मात्र १४२.९५ करोड थियो । त्यसैले आदिपुरुषले टिकट विन्डोमा राम्रो प्रदर्शन गर्नु प्रभासको लागि धेरै महत्त्वपूर्ण हुन्छ ।’

आदिपुरुषले आफ्नो खर्च झण्डै उठाइसकेको छ । व्यापार विश्लेषक रमेश बालाका अनुसार निर्माताले वितरण अधिकारबाट २७० करोड रुपैयाँ कमाएको छ । र स्याटलाइट अधिकारबाट २१० करोड रुपैयाँ उठाएको छ । अब यो फिल्मले बक्स अफिसमा कति कमाई गर्छ त्यो हेर्नु चासोको विषय हुनेछ ।