• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

कालोमोसो दलेको आरोपमा मोरङका नेविसंघ अध्यक्ष पक्राउ



विराटनगर । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका अध्यक्ष सरोज पोखरेललाई पक्राउ गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले उनलाई बुधबार बिहान मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

नेविसंघका कार्यकर्ताहरुले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा दाहालमाथि सोमबार निवासमै पुगेर कालोमोसो दलेका थिए । उक्त घटनाको जिम्मेवारी पोखरेलले लिएका थिए । प्रहरीले कालोमोसो दल्ने घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको बताएको छ ।

विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो ।