९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

पाकिस्तानी राजदूतावासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

पाकिस्तानी राजदूतावासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना
अ अ+ अ-

काठमाडौँ । नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानको १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैठौं वार्षिक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले मंगलबार पुरस्कार प्रदान गर्नुभयो ।

यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क– कसरी सदुपयोग गर्न सकिन्छ क्षेत्रीय समृद्धि’ भन्ने थियो ।

निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित स्मारिका र नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यसपछिका दश उत्कृष्ट विद्यार्थीलाई पनि सान्त्वना नगद पुरस्कार प्रदान गरिएको थियो ।

‘हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव– दक्षिण एसियामा साझा चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगितामा शीर्ष स्थान हासिल गर्नेहरूलाई पनि स्वर्ण, रजत, कांस्य पदकका साथै स्मारिका र नगद पुरस्कार प्रदान गरिएको थियो।

त्यसपछिका १३ उत्कृष्ट विद्यार्थीहरूले पनि स्मारिका र नगद पुरस्कार प्राप्त गरेका थिए।

दुवै प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीहरुको राम्रो संख्यामा सहभागिता रहेको नेपालस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत हाश्मीले सहभागी विद्यार्थीहरूको आलोचनात्मक सोचको प्रशंसा गर्दै भविष्यका चुनौतीहरूलाई आत्मसात गर्न आह्वान गर्नुभयो । उहाँले देशबीचको युवा अन्तरक्रियाको महत्त्वलाई चिरस्थायी पुलको रुपमा उजागर गरे ।

विगत ५ वर्षदेखि निबन्ध लेखन र १० वर्षदेखि वक्तृत्वकला प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ । यी दुई प्रतियोगिता नेपाली युवामाझ निकै लोकप्रिय भएको र देशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई आकर्षित गर्ने गरेको राजदूतावासले जनाएको छ।