२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरता रोक्न मधेस सरकारलाई एमालेको समर्थन– महासचिव पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता रोक्न एमालेले मधेस सरकारलाई समर्थन गरेको बताउनुभएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएको भोलिपल्ट अर्थात बुधबार महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उहाँले राजनीतिक अस्थिरताका विरुद्धमा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्नुभएको छ । साथै उहाँले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको उल्लेख गर्नुभएको छ ।

यस्तै उहाँले यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताउनुभएको छ ।