२६ श्रावण २०८३, मंगलवार
,
Latest
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला नौ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला नौ सय रुपैयाँले घटेर एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।