१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरबाट ५४ लाख बराबरको अबैध सुनसहित एकजना प्रकाउ



अ+ अ-

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अबैध सुनसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ ।

आज विहान करिब ३ बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा याक्रुबाहक बसमा सवारको चेकजाँच गर्ने त्रममा ५६१.३० ग्राम सुनसहित एकजना पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार प्रदेश २–०३–००१ ख् ०१५९ नम्बरको बसमा सवार वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।