९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ । तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन् ।

निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो, बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई ६० र वाई १२ ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो । बाँकी चारवटा जहाज जिटुजी मोडेल अन्तर्गत चीनको एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो ।

पाइलट अभाव, मर्मसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारणले निगमले यी जहाज बिच्ने प्रक्रियामा लगेको हो । ग्राउण्डेड गरिएको चिनियाँ जहाज बिक्री गर्न गत चैतको पहिलो सातामा अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई प्रतिनिधि नेपाल आएर जहाजको मूल्यांकन गरेर फर्किसकेका छन् । मूल्यांकनको अन्तिम प्रतिवेदन आउँन बाँकी छ ।

एमए ६० र तीन वटा वाई १२ ई जहाज बिक्री मूल्यांकन गर्न निगमले गत वर्ष मंसिरमै कम्पनी छनोटको टेन्डर आह्वान गरेको थियो । अधिक खर्च र न्यून आम्दानीका कारण उडार लाभ लिन नसक्ने निष्कर्षसहित जहाज बिक्री प्रक्रियामा निगम गएको हो । दुर्गम क्षेत्रका लागि तीन वटा जहाज खरिद गर्ने प्रक्रियामा समेत सँगसँगै अगाडि बढाइएको छ ।

निगमका प्रवक्ता पौडेलका अनुसार जहाज खरिदका लागि दुई महिना पहिले निगम सञ्चालक समिति सदस्य सुधीरशमशेर राईको नेतृत्वमा गठित उपसमितिले जहाज खरिद सम्बन्धमा विस्तृत कानूनी प्रक्रियालगायतबारे छलफल तथा अध्ययन गरी सोको प्रतिवेदन निगम सञ्चालक समितिलाई बुझाइसकेको छ ।

विसं २०७१, २०७३ र २०७४ मा अनुदान र सहुलियत कर्जामा गरी रु ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्चेर नेपा ल्याइएका चिनियाँ जहाज कुल रकममध्ये रु २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान र रु तीन अबए ७२ करोड रुपैयाँ वार्षिक १.५ प्रतिशत ब्याजदरको ऋण बोकेर नेपाल भित्रिएका थिए । उडान संख्या र उडान समय बढाउन सकेको भए नाफा कमाउन सक्ने यी जहाज व्यवस्थापकीय कमजोरीका कारण नेपाल आएपछि अधिकांश समय नउडाएरै घाटामा गएको हो ।