७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा



अ+ अ-

नवलपरासी । एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो ।

उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबी र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा उक्त हत्याको अनुसन्धान गरिरहेको बताए ।

उनका अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ । अपराधीले घटना होसियारीपूर्वक घटाएकाले सामान्य प्रमाणसमेत छोडेका छैनन् । जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा अनुसन्धान गर्दा अपराधी नजिक पुग्न नसक्दा तीन दिनदेखि सिआइबीको दुई टोली पनि आएर अनुसन्धानलाई अगाडि बढाएको उपरीक्षक पाण्डेले जानकारी दिए । उनका अनुसार प्रहरी अपराधीको नजिक पुगिसकेको छ ।

हत्या भएको दम्पतीको सोही वडामा रहेको बैरिहवा भन्ने गाउँमा घर रहेको छ तर उनीहरू सामान्य खेतीपातीसँगै भैँसीपालन गरी पथलहनीमा बस्दै आएका थिए । उनीहरूका सन्तान उक्त गाउँमै बस्दै आए पनि दम्पती भने गाईभैँसीलाई रेखदेख गर्नको लागि पथलहनीमा बस्दै आएका थियो । उनीहरूको हत्यापछि शवलाई आँगनमा फालिएको थियो ।