• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

सावित्राले युरोपेली लिग खेल्ने



file photo

काठमाडौं । स्टार फुटबलर सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्राले आगामी सिजनमा हुने इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको जनाएको छ।

सावित्राले आफ्नो लामो समयदेखिको युरोप खेल्ने सपना पूरा हुन लागेको बताइन् ।उनले भनिन्, ‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ । मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो । यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु’ ।

केही समयअघि समाप्त भारतीय शीर्ष डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि सावित्राको चर्चा थप चुलिएको थियो । लिगमा उनले १० खेलमा २९ गोल गर्दै सर्वपाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् । र साथै, आफ्नो टिम गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् । एसियाबाहिर भने उनी पहिलो पटक लागेकी हुन् ।