२६ श्रावण २०८३, मंगलवार
,
Latest
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्राले युरोपेली लिग खेल्ने



file photo
अ+ अ-

काठमाडौं । स्टार फुटबलर सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्राले आगामी सिजनमा हुने इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको जनाएको छ।

सावित्राले आफ्नो लामो समयदेखिको युरोप खेल्ने सपना पूरा हुन लागेको बताइन् ।उनले भनिन्, ‘मेरो लामो समयदेखिको सपना पूरा हुन आँटेको छ । मलाई लाग्छ यो मेरो करिअरको अर्को खुड्किलो हो । यो अवसरलाई सक्दो सदुपयोग गर्नेछु’ ।

केही समयअघि समाप्त भारतीय शीर्ष डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि सावित्राको चर्चा थप चुलिएको थियो । लिगमा उनले १० खेलमा २९ गोल गर्दै सर्वपाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् । र साथै, आफ्नो टिम गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । उनले यसअघि मालदिभ्समा पनि खेलिसकेकी छिन् । एसियाबाहिर भने उनी पहिलो पटक लागेकी हुन् ।