१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अध्यक्ष लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज संक्षिप्त भेटवार्ता भएको छ।

भेटका अवसरमा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल हुनुका साथै विभिन्न समसामयिक विषयहरूमा कुराकानी भएको रास्वपाले जनाएको छ ।

सो अवसरमा पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी हुनुहुन्थ्यो ।