७ श्रावण २०८३, बिहीबार
,
Latest
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिँदै



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार साँझ ५ बजे आकस्मिक रुपमा प्रेदशसभाको बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जानकारी दिनुभएको छ ।

गत पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) सहितका दलको समर्थनमा मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त हुनुभएको थियो ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुन: विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत चैत २१ मा मधेश सरकारबाट एमाले बाहिरिएको थियो र जेठ १ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार भोलि बुधबारसम्म जसरी पनि सरकारले प्रदेशसभाबाट पुन: विश्वासको मत लिनु पर्ने हुन्छ । ३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानूनी अड्चन आउन सक्ने स्थिति थियो । त्यसैले मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि मंगलबार बिहान बसेको सत्ता गबन्धन दलको बैठकले विश्वासको मत लिनु पर्ने निर्णय गरेको थियो । प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।

यही जेठ २६ गते बसेको प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो ।

प्रदेशसभामा एमालेका २३ , नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) का १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) सात सदस्य छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक र तीन जना स्वतन्त्र सदस्य रहेका छन् ।