१० कार्तिक २०८१, शनिबार
,
Latest
ग्लोबल आईएमईलाई विश्वकै उत्कृष्ट बैंक अवार्ड रविलाई पक्राउको विरोधमा आन्दोलन जारी राख्ने रास्वपाको निर्णय सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन लिग २ को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिँदै



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार साँझ ५ बजे आकस्मिक रुपमा प्रेदशसभाको बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जानकारी दिनुभएको छ ।

गत पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) सहितका दलको समर्थनमा मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त हुनुभएको थियो ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुन: विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत चैत २१ मा मधेश सरकारबाट एमाले बाहिरिएको थियो र जेठ १ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार भोलि बुधबारसम्म जसरी पनि सरकारले प्रदेशसभाबाट पुन: विश्वासको मत लिनु पर्ने हुन्छ । ३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानूनी अड्चन आउन सक्ने स्थिति थियो । त्यसैले मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि मंगलबार बिहान बसेको सत्ता गबन्धन दलको बैठकले विश्वासको मत लिनु पर्ने निर्णय गरेको थियो । प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।

यही जेठ २६ गते बसेको प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो ।

प्रदेशसभामा एमालेका २३ , नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) का १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) सात सदस्य छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक र तीन जना स्वतन्त्र सदस्य रहेका छन् ।