• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन १ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएके थियो ।

यस्तै मंगलबार तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।