१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय मन्त्रालयमै १०३ कर्मचारी अनुपस्थित, अतिरिक्तका उपसचिवको सरूवा



अमन लाल मोदी (फाइल)
अ+ अ-

काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।

मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव डा कृष्णहरि पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गरेका थिए । सोही क्रममा बिहान १०.१५ बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।

कारबाहीमा परेका कर्मचारीहरुको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा पुस्करले ती कर्मचारीहरुको हाजिरीमा रातो लगाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी ३६ जना शाखा अधिकृत र ४१ जना नासु तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका छन् ।

‘सुशासन कायम गर्ने विषय नै हाम्रो पहिलो प्राथमिकताको विषय हो’ आफूले सम्हालेका मन्त्रालयका कर्मचारीमाथि कारबाही प्रारम्भ गरेपछि मन्त्री मोदीले भने, ‘बिहानको सवा १० बजेसम्म पनि कार्यालयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो लगाउन थालेका छौँ, यो प्रक्रिया जारी रहन्छ ।’

अतिरिक्तका उपसचिवको जिससमा सरुवा

यसैबीच मन्त्रालयको अतिरिक्त समुहमा रहेका १८ जना उपसचिवहरुको सरुवा भएको छ ।

अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बाँकी सबैको विभिन्न जिल्लास्थित् जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।

मन्त्री मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउँदै आएका छन् । स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानलाई तीव्रता दिइरहेका मन्त्री मोदीले अतिरिक्त समुहका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाउन थालेका छन् ।