३० कार्तिक २०८१, शुक्रबार
,
Latest
मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ? ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, स्टार स्पोर्ट्समा लाइभ आउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमडीएमएसको प्रभावकारी कार्यान्वयन भए ४ अर्ब राजश्व थपिन्छः व्यवसायी



अ+ अ-

काठमाडाैंः मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम प्रभावकारी रुपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब रुपैयाँ थप राजश्व बढ्ने बताएका छन् ।
आईतवार मोबाइल आयातकर्ता व्यवसायीहरुल एमडिएमएस प्रणालीका विषयमा जानकारी दिन काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
उनीहरुले एमडिएमएस प्रणाली लागू नहुँदा अर्बौं रुपैयाँ बराबरका मोबाइलहरु अवैध रुपमा नेपाल आएको र जसबाट राज्यले ४ अर्ब बराबरको राजश्व गुमाउने गरेको सरकारले तत्काल प्रभावकारी रुपमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम लागू गरे ४ अर्ब बराबरको राजश्व बढ्ने बताए । कार्यक्रममा बोल्दै मोबाईल आयातकर्ता संघ नेपालका अध्यक्ष दीपक मल्होत्राले बजारमा एमडिएमएस प्रणालीका कार्यान्वयनमा आएसँगै मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको बताउनु भयो ।

उहाँले चोरीका रिफर्बिस अनि कम गुणस्तरका फोनहरु नभित्रने हुँदा उपभोक्ता ठगिनु नपर्ने बताउनु भयो। उहाँले अवैध मोबाइल आयातले वास्तविक मोबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएको बताउनु भयो । उहाँले प्रणाली लागू भएसँगै मुलुकमा अवैध मोबाइलको आयात घट्ने जानकारी दिनुभयो। उहाँले जेठ १ गतेपछि एमडिएमएसका कारण व्यवसाय तङ्ग्रिन लागेको बताउनु भयो ।

त्यस्तै,नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा प्रयोग गर्न अनुमति नदिएका मोबाइल फोनहरु नेपाली बजारमा देखिएकाले कम गुणस्तरका मोबाइलहरुको नियन्त्रण गर्नको लागि एमडिएमएस प्रणाली लागू गरिएको बताउनु भयो। उहाँले प्राधिकरणले मोबाइल एमडिएमएस प्रणाली लागू गरेर राजश्व उठाउन नखोजेको भन्दै कालोबजारीलाई नियन्त्रण गर्न खोजेको बताउनु भयो ।

उहाँले दूरसञ्चार प्राधिकरण कालोबजारीको बिरुद्ध प्रणाली लागू गर्दा व्यवसायीहरुको पक्षमा प्राधिकरण देखिएको भन्दै अन्यथा नबुझ्न आग्रह गर्नुभयो। उहाँले सरकारले कुनै निश्चित व्यवसायीहरुलाई फाइदा पुग्नेगरी  एमडिएमएस प्रणाली ल्यायो भन्ने प्रचार गलत भएको बताउनु भयो। उहाँले भन्सार विभागसँग सहकार्य गरेर प्राधिकरणको प्राविधिक सेवा समेत प्रदान गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले विदेशबाट ल्याएका मोबाइल एमडिएमएस प्रणालीमा अनलाइनमार्फत दर्ता गर्नसक्ने प्रविधि ल्याउन लागेको बताउनु भयो। उहाँले विदेशबाट ल्याएका मोबाइलको भन्सार प्रक्रिया सरल र तत्काल गर्नको लागि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा जनशक्ति समेत थप गरी छुटै हेल्प डेक्सको व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले एमडिएमएस प्रणाली लागू कर संकलन गर्ने मात्रै नभएर मोबाइलको प्रयोग अपराधिक क्रियाकलाप हुने भएकाले मोबाइलको प्रयोग सुरक्षित बनाउनको लागि लागू भएको बताउनु भयो ।