५ पुष २०८२, शनिबार
,
Latest
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड नाघे



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक
अ+ अ-

काठमाडौं: नेपालमा पछिल्लो समय इन्टरनेटमा आधारित भुक्तानी प्रणाली कारोबारमा व्यापक वृद्धि हुन थालेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा, यही २०८० वैशाख महिनाभित्रमा मोबाइल बैंकिङ ग्राहकको संख्या २ करोड ७ लाख पुगेको छ । गत चैतमा यो संख्या २ करोड ४ लाख थियो । गत वर्ष बैशाखमा भने मोबाइल बैंकिङ ग्राहक एक करोड ७६ लाख थिए ।

कारोबारका दृष्टिबाट २०८० बैशाखको एक महिनाको अवधिमा करिब रु. २१ खर्ब बराबरको कारोबार भएको थियो । जबकी गत वर्ष २०७९ बैशाखमा रु. ११ खर्ब ३६ अर्ब थियो ।

यस्तै, क्युआर प्रविधिबाट हुने भुक्तानी पनि निरन्तर बढ्दै गएको छ । २०८० बैशाखमा मात्र रु. २६ अर्ब भुक्तानी भएको छ । त्यसैगरी, वालेट मार्फत बैशाखमा मात्र रु. १९ अर्ब २५ करोडको भुक्तानी भएको छ ।

राष्ट्र बैंकका अनुसार, २०८० बैशाख महिनासम्ममा देशभर विभिन्न वित्तीय संस्थाका ४ हजार ७१६ वटा एटिएम मेसिन रहेका, डेबिट कार्ड धारकको संख्या एक करोड १७ लाख ६० हजार, क्रेडिट कार्ड २ लाख ७४ हजार ६९०, प्रिपेड कार्ड एक लाख ३३ हजार, इन्टरनेट बैंकिङ ग्राहकको संख्या १८ लाख ३ हजार, ब्रान्चलेस बैंकिङ सेन्टर १ हजार ३५५, आरटिजिएसमा आबद्ध ४५, कनेक्ट आइपिएसका प्रयोगकर्ता १० लाख ६४ हजार, इसिसि सदस्य ५४ र आइपिएस सदस्य ११६ रहेको छ ।