• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीलाई



एजेन्सी । च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

टर्कीको इस्तानबुलमा भर्खरै सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई हराउँदै इंग्लिस क्लब सिटी च्याम्पियन बनेको हो ।

सिटीलाई जित दिलाउन एक मात्र निर्णायक गोल खेलको ६८ औं मिनेटमा रोड्रीले गरे । यो उपाधिसँगै सिटीले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग गरी ‘ट्रेबल’ जितेको छ ।

‘ट्रेबल’ जित्ने सिटी दोस्रो इंग्लिस क्लब बनेको छ । यसअघि सन् १९९८/९९ को सिजनमा म्यान्चेस्टर युनाइटेडले ‘ट्रेबल’ जितेको थियो ।

सिटीको यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।