१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो



अ+ अ-

बर्दिया । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आवमा एक हजार विदेशी पर्यटक आएकामा अहिले छ हजारको हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले उल्लेख गरे ।

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको सहायक संरक्षण अधिकृत दाहालले जानकारी दिए ।

पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ । प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।