• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

नागरिकता विधेयक प्रमाणीकरणमा गलत प्रक्रिया अपनाइयो– रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणमा गलत प्रक्रिया अपनाइएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले लामिछानेले आफ्नोे पार्टी जन्मसिद्ध नागरिकका सन्तानले र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा दृढ रहेको बताउनुभयो ।

विधेयक संसद्मा आएको भए छलफल गरेर स्वामित्व लिन सकिने थियो भन्दै उहाँले भन्नुभयो, “न बाटोबाट प्रमाणीकरण भयो जम्मा विमति यत्तिमा हो । सदनमा आएर छलफल भएको भए त्यहाँ भएको विभेदबारे कुरा गर्ने थियौँ ।”

उहाँले भन्नुभयो, “जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाहरूका सन्तानको नागरिकताको अधिकार मेरो र तपाईंको जत्ति नै सुनिश्चित हुनुपर्छ ।”

सांसद लामिछानेले वैवाहिक अंगीकृतको विषयमा विभेद गरिएको बताउनुभयो । उहाँले नागरिकता विधेयकको प्रक्रियाको विरोध गर्दा आफ्नो पुत्ला जलाइएको प्रति आपत्ति जनाउनुभयो ।

“नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायका विरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ”, उहाँले भन्नुभयो, “त्यसो गर्नेहरूलाई म यति मात्रै भन्न चाहन्छु कि राजनितिसँग कुनै सरोकार र भोट बैंकको कुनै आवश्यकता नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारीका समस्या र मिटरब्याज समस्याका विषयमा मधेसी जनताको पक्षमा हामी उभिएको संसार साक्षी छ ।”

जनतामा भ्रमित हुने गरी जबर्जस्ती रास्वपाविरुद्ध अफवाह फैलाइएको उहाँले आरोप लगाउनुभयो ।

नागरिकले नागरिकता प्राप्त नगर्दाको पीडा आफूलाई राम्रोसँग जानकारी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मलाई नागरिकले नागरिकता नपाउनुको पीडा थाहा छ, साँच्चै नै थाहा छ । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन हुँदैन ।”

वैवाहिक अंगीकृत विषयमा मौन रहेका हुनाले नागरिकताका विषयमा छलफल चलाउन खोजिएको उहाँको भनाइ थियो । एकल आमाका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने व्यवस्थाले महिलाको आत्मसम्मानमा ठेस लाग्ने उहाँले बताउनुभयो ।