२४ मंसिर २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने



अ+ अ-

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले आजको मधेश प्रदेश सभाको बैठक बहिस्कार गर्ने भएको छ।

आफूहरूले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने लागेका हुन् ।

आज दिउँसो १ बजे लागेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ ।

माओवादीले दिएको सुझाव मात्र नभएरर कुनै पार्टीका सांसदले दिएका सुझावहरू पनि नीति तथा कार्यक्रममा नसमेटिएको एक सांसदले गुनासो गरे ।

केन्द्रीय नेताहरूबीच भएको सहमति अनुसार मधेश प्रदेशमा दुइटा मन्त्रालय नपाएपछि माओवादी असन्तुष्ट देखिन्छ । माओवादीको तर्फबाट मधेश प्रदेश सरकारमा सुनिता यादवले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन्।