६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटमा जीप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु



अ+ अ-

काठमाडौँ। कालिकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२स्थित सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना हुँदा श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए ।

ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको माझीले जनाए ।

दुर्घटनामा परि गर्भवती रहेकी २२ वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ ।

जीप न्युट्रलमा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी माझीको भनाइ छ । चालकलाई नियन्त्रण लिइएको छ ।