• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

संसद बैठक आज, बजेटमाथिको छलफल जारी रहने



काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको बैठक विहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१ बजे बस्नेछ । संसदका दुवै सदनमा आज राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहनेछ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले यही जेठ १५ मा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको वार्षिक राजस्व र व्ययको अनुमान प्रस्तुत गर्नुभएको थियो । बजेटमाथिको सामान्य छलफलपछि विस्तृत मन्त्रालयगत छलफल भने पछि हुनेछ ।