९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाल आउन सकिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । साउदी अरबबाट कतार वा टर्की  ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् । साउदी  अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने  गरी  व्यवस्था  मिलाइएको  जानकारी गराएको छ ।

दूतावासका अनुसार साउदी अरबबाट सोझै नेपाल  जान उडान खोल्ने  सम्बन्धमा  अझै  कुनै निर्णय भएको छैन तर नेपाल जान चाहने श्रमिकले कतार वा टर्की (कतार एयरवेज, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्स)बाट ट्रान्जिट मिलाएर फर्कन सकिने व्यवस्था गरिएको छ ।

सूचनामा टिकटका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीमा स्वयं व्यक्तिले नै सम्पर्क गर्नुपर्ने जनाइएको छ ।  नेपाल सरकारले हाल नेपाल  एयरलाइन्स,  टर्किस  एयरलाइन्स  र  कतार एयरवेजलाई  साताको  एक÷एक  उडान  सञ्चालन गर्न अनुमति दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।