• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

‘आदिपुरुष’ हलमा लाग्दा एक सिट हनुमानका लागि खाली छाडिने



एजेन्सी । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि नै ठूलो घोषणा गरेका छन् । ‘आदिपुरुष’ को स्क्रिनिङका क्रममा रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक थिएटरमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ ।

जनताको विश्वासलाई मध्यनजर गर्दै निर्माताले यस्तो निर्णय गरेका हुन् । ओम राउतले निर्देशन गरेको यो चलचित्र १६ जुनबाट रिलिज हुँदैछ ।

चलचित्रको टिमले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । यस भनाइमा भनिएको छ कि जहाँ रामायण पठन गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यही विश्वासका साथ हरेक थिएटरमा ‘आदिपुरुष’ प्रदर्शनमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिनेछ ।

निर्माताको यो निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । योसँगै धेरैले यसलाई फिल्मको प्रमोशनको रुपमा हेरिरहेका छन् । ‘आदिपुरुष’ जुन १६ मा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुँदैछ ।

जुन १३ मा न्युयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा फिल्मको वर्ल्ड प्रिमियर हुनेछ । फिल्मलाई फिल्म फेस्टिभलमा मिडनाइट अफरका रूपमा प्रस्तुत गरिने भएको छ । एकै साथ, यो जुन १६ मा ठूलो पर्दामा थ्रीडीमा रिलीज हुनेछ। ‘आदिपुरुष’को कथा रामायणमा आधारित छ । फिल्ममा प्रभास भगवान रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । यससँगै सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।