• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ, महासंघ अध्यक्ष ढकाल ★   उपनिर्वाचन: बझाङमा सर्वदलीय बैठकको तयारी ★   लगानी सम्मेलन सुरु (फोटो फिचरसहित) ★   लगातार दोस्रो जितको खोजिमा नेपाल ★   गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते ★   इलाममा ११ बजेपछि मतगणना, ११ वटा सीसी क्यामरा जडान ★   देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान ★   सहिद लखन थापाको सालिक निर्माण ★   इलामको मतगणना गर्न सर्वदलीय बैठक सुरु, बझाङको दिउँसो मात्रै ★   तराईमा आजदेखि पाँच दिनसम्म तातो हावा चल्ने, काठमाडौैं पनि तात्यो

नेप्से परिसूचक २५.६६ अंकले वृद्धि



symbolic picture

काठमाडौँ । सोमवार १७.३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा वृद्धि भएको छ ।

मंगलवार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेका छन् ।

मंगलवार कारोबारमा भएका २६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमवारको तुलनामा कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । सोमवार १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.६७ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ४.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ ।

त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक २५ अंकले बढ्दा न्यादी हाइड्रोपावरको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै सोल्टी होटलको शेयरमूल्य ८.७५ प्रतिशत बढेको छ। मंगलवार सोल्टी होटलको ९ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।