• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा



काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीसँग चार लाख धरौटीको माग गरिएको थियो । उनी धरौटी बुझाएर रिहा भएका हुन् ।

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)’का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको थियो ।

राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।