२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई प्रधानमन्त्रीको प्रश्नः अध्यादेशमा ७ वर्ष किन नराखेको त ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले ९ जेठ २०७८ मा ल्याएको आध्यादेश र संसद्ले पास गरेको विधेयक समान रहेको बताउनुभएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गरेको विषयमा संसदमा उठेको प्रश्नहरुको जवाफ दिँदै उहाँले भन्नुभयो, “त्यो अध्यादेश र अहिले संसद्ले पास गरेको विधेयक जस्ताको तस्तै । जे अघिल्लो छ, त्यही पछिल्लो छ । अनावश्यक ढंगले विवादित बनाउँदा जनताले के बुझ्ने ? हामीले के बुझ्ने ?”

प्रधानमन्त्री प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि कति वर्षको समयसीमा राख्ने भनेर सहमति खोज्नुपर्ने बताउनुभयो ।

जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता लिन मात्र यो विधेयक आएको उहाँले स्पष्ट गर्नुभयो ।