• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि नेपाली टोलीमा नाम देख्दा आँसु आयो– अनिलकुमार साह ★   मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री ★   उद्योग वाणिज्य महासंघका अध्यक्षलाई डालीमा मकै कोशेली ★   शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता ★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी

१७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । लगातार रेकर्ड बे्रक गरिरहेको सुनको मूल्य आज तोलामा १७ सय रुपैँयाले घटेको छ ।

आज आइतबार छापावाल सुन तोलामा १७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा उक्त सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भई हालसम्मकै उच्च दरमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी बाईतबार चाँदी तोलामा २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।