२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकले १७९ जनालाई जागिर खुलायो



अ+ अ-
काठमाडौँ । कृषि विकास बैंकले एकै पटक ठूलो संख्यामा जागिर खुलाएको छ । बैंकले आज विज्ञापन प्रकाशित गर्दै चार तहदेखि ९ तहुसम्म जागिर खुलाएको छ । चार तहमा सहायक स्तरको लेखापालदेखि नौ तहको अधिकृत स्तरको वरिष्ठ शाखा प्रमुख पदमा जागिर खुलाएको हो ।
बैंकले नौ तहमा एक जना, ८ तहमा ४ जना, ७ तहमा ७ जना, ६ तहमा ५५ जना, पाँच तहमा ४२ जना र चार तहमा ७२ जनाका लागि जागिर खुलाएको हो ।  बैंकले आन्तरिक प्रतिष्पर्धातर्फ भने पाँच तहदेखि १० तहसम्म ३६ जना गरी १७९ जनाका लागि जागिर खुलाएको हो । बैंकले खुलामा ९२, महिलामा २८, आदिवासी जनजातितर्फ २७, मधेसी कोटामा १७, दलित ९, अपांग २ र पिछडिएको क्षेत्रतर्फ ४ जनाका लागि जागिर खुलाएको हो ।
बैंकले आगामी असार ७ गतेसम्म इच्छुकले दरखास्त दिन सक्ने उल्लेख गरेको छ । साथै दोब्बर दस्तुर तिर्नेका लागि त्यसपछि असार १४ गतेसम्मका लागि समय छुट्याइएको छ ।