९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो समुद्रपारका मुलुकसँगको कारोबार



अ+ अ-

काठमाडौं । कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो ।

सन् २०२०/२१ मा तेस्रो मुलुकबाट आयात हुने मालसामान लिएर नेपाल भित्रिने कन्टेनरको संख्या उल्लेख्य परिमाणले घटेको छ । नेपालको वैदेशिक व्यापार वर्षेनि बढ्दै आएकोमा यो वर्ष पहिलोपटक तेस्रो मुलुकसँगको व्यापार परिमाण खुम्चिएको हो ।

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी) का अनुसार बितेको वर्ष २०२०/२१ (अप्रिलदेखि मार्च) मा तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर संख्या १७ हजार ६४५ ले घटेको छ । गत वर्ष भारतको श्यामाप्रसाद मुखर्जी (कोलकाता) र विशाखापत्तनम् बन्दरगाह हुँदै नेपालका लागि २० फीटका ९० हजार ४६६ ओटा कन्टेनर आएको एनटीडब्ल्यूसी कोलकाता कार्यालयका प्रमुख हिमनाथ पौडेलले जानकारी दिए ।

वर्ष २०१९/२० मा यो संख्या १ लाख ८ हजार १११ थियो । सन् २०२० का शुरूका केही महीना व्यापारमा कोरोना महामारीको असर खासै देखिएको थिएन । संक्रमण फैलिएसँगै बन्दाबन्दी र निषेधाज्ञा लागू भएपछि व्यापार घट्दै गएको हो । सरकारले कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष ६ महीनासम्म लगाएको बन्दाबन्दी र निषेधाज्ञाले बजारमा आपूर्ति र माग घटेको थियो । आवागमन र बजार अवरुद्ध भएपछि त्यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।