२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छ– मन्त्री लिम्बू



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताउनुभएको हो ।

ज्ञापन पत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित भएको भन्दै खेलाडीलाई स्वदेशमा नै रहने वातारण मिलाउने प्रवन्ध गर्ने विषयमा योजना ल्याउन लागेको समेत बताउनु भयो । नयाँ आर्थिक बजेट आएसँगै युवा, खेलाडी र खेलसँग जोडिनेका लागि छिट्टै योजना सार्वजनिक गर्ने समेत जानकारी दिनुभयो । खेलसँग जोडिएका खेलाडीहरुलाई खेलपछिको बाँकी जीवन विताउनकाक लागि खेलको अलावा व्यवसायिक हुने गरी समय प्रवन्ध गर्न पनि मन्त्री लिम्बूले आग्रह गर्नुभयो । सबै खेलाडीको आर्थिक अवस्था र भौगोलिक अवस्था फरक फरक भएकोले विकल्पका समय मिलाउन मन्त्री लिम्बूले आग्रह गर्नुभयो ।

यस्तै विभिन्न प्रदेशमा भौतिक पूर्वाधार निमार्णका लागि पनि सरकारले कार्यक्रमहरु अगाडि ल्याएको र पहिलो चरणमा प्राथमिकतामा रहेका पूर्वाधारलाई जोड दिने मन्त्री लिम्बूले बताउनु । खेलाडीको वृति विकास र प्रशिक्षणको व्यवस्थापनका लागि पनि राष्ट्रिय खेलकुद परिषद्सँग सम्मन्वय भइरहेको र नयाँ आर्थिक वर्षसँगै कार्यान्वयन हुने प्रस्ट पार्नुभयो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले भौतिक पूर्वाधार निमार्ण, खेलाडी पलायन रोक्न, धेरै भन्दा धेरै खेलका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्थापन गर्न, खेलकुद भित्रको अनियमितता रोक्न, राष्ट्रिय टिम तयारीलाई वर्षभरी निरन्तरता दिन लगायतका विभिन्न १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो ।