• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै ★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली ★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने

नागरिकता विधेयकप्रति एमालेको आलोचना



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निष्क्रिय अवस्थामा रहेको नागरिकतासम्बन्धी विधेयक संसदीय विधि र प्रक्रिया उल्लङ्घन गरी जारी गरिएको भनी आलोचना गरेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद्को निर्णय र सिफारिसबाट अचानक विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्ने घटनाले पार्टीलाई स्तब्ध तुल्याएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कानुन आवश्यकता थियो, निष्कर्षमा पुर्‍याउन ढिलाई भएकै हो, जारी गर्ने विधि र प्रक्रिया भने मिलेन ।”

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रमाणीकरण गर्नुभएको हो ।

“राष्ट्रपति कार्यालयमा निष्क्रियरुपमा थन्किएको विधेयक मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ सक्रिय हुन्छ रु” प्रश्न गर्दै उपनेता नेम्वाङले भन्नुभयो, “विधेयकमा समेटिएर आएका कतिपय विषयप्रति पार्टी गम्भीर छ ।”

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको थियो । विधेयकलाई अलि समय लिएर विचार पुर्‍याएर टुङगोमा पुर्‍याउन पर्ने मत रहेको बताउँदै उहाँले भन्नुभयो, “यो गर्नुपर्ने काम थियो, तर संविधान, कानुन र संसदीय मूल्य मान्यताले नचिनेको बाटोबाट आयो ।”

उहाँले संविधानले जुन सदनमा त्यो उत्पत्ति भएको हो त्यही सदनको प्रमुखले प्रमाणित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गर्नुपर्छ भनिएकामा त्यो प्रक्रियालाई बेवास्ता गरिएको आरोप पनि लगाउनुभयो । पार्टीकै पहलमा गैर नेपाली आवासीयलाई नागरिकता प्रदान गर्ने निर्णय गरेको स्मरण गराउदै पूर्वसभामुख नेम्वाङले त्यसलाई समेत समेटेर विधेयक समयमै बन्नु आवश्यक रहेको बताउनुभयो ।