२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अखण्ड भारत’को नक्साप्रति रास्वपाको आपत्ति



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतले नयाँ संसद् भवनमा सार्वजनिक गरेको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समाबेश गरिएकोमा ध्यानाकर्षण जनाएको छ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम स्वीकार्य नहुने बताए।

‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनता समक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न हामी जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।