२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत थम्पसनद्वारा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण



अ+ अ-

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले आज वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुभएको छ ।

भ्रमणकाक्रममा उहाँले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि संचालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमहरुको बारेमा जानकारी लिनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्‍न प्रकारका तालिमहरूको संचालन लगायत उक्त तालिम केन्द्रको स्तरोन्‍नतिमा संयुक्त राष्ट्र संघ तथा अन्य मित्रराष्ट्रहरू जस्तै संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको छ ।