२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई अप्पर अरुणका स्थानियबासीको पत्र



अ+ अ-

सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू ।

नेपाल सरकार ।

विषयः अप्पर अरुण १०६१ मेघावाट जलविद्युत आयोजना वारे ।

प्रस्तुत सम्वन्धमा आसन्न प्रधानमन्त्रीको भारत भ्रमणको वेला संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा सम्भाव्यता अध्ययन पुरागरी निर्माणको चरणमा रहेको अप्पर अरुण १०६१ मेघावाट जलविद्युत आयोजना भारत सरकारलाई नदिन हार्दिक आग्रह गर्दछु ।

जुन आयोजना नेपाल सरकारको विद्युत उत्पादन कम्पनीले निर्माण गर्ने कुरामा अडिक रहि आयोजना अगाडि वढाउन विन्ती गर्दछु ।

दिन नहुने कारणहरु र दिएमा हुने गम्भीर परिणमहरुः

१) नेपालको पानी नेपालकै लगानी होस र नेपालकै आम्दामी होस ताकी भारतलाई दिएपछि भारतकै आम्दानी हुने छ ।

२) निर्माणाधिन अरुण तेस्रो ९०० मेघावाट भारतिय कम्पनीले गरेको ज्यादती ठेकदारहरुलाई रकम नदिने पी.डी.ए.मा भएको सम्झौता अनुसार आयोजना क्षेत्रमा सामाजिक उत्तरदायित्व वहन नगर्ने ।

३) आयोजना क्षेत्र १४ कि.मी. नजीक चीनको डेन्दाङ शहर रहेको जहाँका वासीन्दाहरुमा भारतियहरु लगानीको नाममा चीन विरोधी गतिविधी गर्छ भनी चीन सरकारले सचेतना गर्ने गरेको सीमाक्षेत्रमा सुरक्षा फौज वढाउने कीमाथांका नाका सदाको लागी वन्द गर्ने छलफल चलाउने गरेको पाइयो जस्ले गर्दा चीन संग जोडिएको नेपालको सीमा नाकाहरु मध्ये सवभन्दा सहज र भरपर्दो छोटो दुरीको नाका वन्द भइ भोटखोला गाउँपालिका वासीको जिवन अध्यारोमा धकेलिने र सीङ्गो नेपालले छिमेकी मित्र राष्ट्र संग वैमानश्यता वढाउने छ ।

४) २०७७ सालमा चीनिया राष्ट्रपती सीजीङपीङको नेपाल भ्रमणको क्रममा नाकाहरुको विकास गरी नेपाल चीन व्यापारलाई विस्तार गर्ने छलफलको सूचीमा किमाथांका नाका सूचीमा नपर्नु सी ले किमाथांका वारे कुरा उठाउदा मौन वस्नु सोही साल चीनको तीङगी सेन ( तीङगी जिल्ला सरकार)ले आयोजना गरेको व्यापार मेलामा सीमा नाका जोडिएको २ वटा स्थानिय सरकारलाई २,२ वटा डोजर करोडौ नगद र ५० की.मी. सडक कालो पत्र गर्न निशुल्क सहयोग गर्ने प्रस्ताव वमोजिम ताप्लेजुङ जिल्लाको सी.डी.ओ.,डि.एस.पी र समन्वय प्रमुखको टोलीले उत्त सहयोग वुझेको तर संखुवासभा जिल्लाको अधिकारीहरुलाई अरुण तेस्रो निर्माण कम्पनी सतलजले सुरक्षाको कारण भन्दै केन्द्र सरकारलाई दवाव दिई जान रोक लगाइ भोटखोला गाउँपालिकाले उक्त सहयोग गुमाउनु परेको साथै चीनीया अधिकारीहरुले स्थानिय जनप्रतिनिधिहरुलाई सोधपुछ गरेको र सीमावर्ती क्षेत्रमा भारतिय कम्पनी वारे जासुस वढाएको छ ।

५)अप्पर अरुण १०६१ मेघावाट जलविद्युत आयोजना र किमाथांका अरुण ४०० मेघावाटको जलविद्युत आयोजनाको पानीको मुहान ८०% चीन तर्फपर्छ उस्ले सुरक्षामा चुनौतीहुने कुरालाई मध्यनजर गरी खोला फर्काउने र विद्युत उत्पादन गर्ने ३० की.मी सुरुङ खन्नु पर्ने प्ररम्भीक अध्ययन गरी सकेको कुरा वाहिर ल्याइसक्यो यदी यो मेघा प्रोजेक्ट लागु गरेमा अरुण नदिको पानीको वाहव ३०% प्रतिशतमा झार्दिन्छ तसर्थ नेपालले यो विषयमा अत्यन्त चनाखो हुनुपर्ने छ।

मिक्मा तेम्वा लामा

भोटखोला गा.पा.संखुवासभा