२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यहाँका बाख्राहरु किन रुख चढ्छन् ?



अ+ अ-

एजेन्सी । संसार रहस्यले भरिएको छ । केही रहस्यहरु तपाइको छिमेकमा पनि भेटिन्छन् । यस्तै छ मोरक्कोका बाख्राको कथा । उनीहरुको तस्बिर हेर्दा फोटोसप गरेको देखिन्छ तर यो सत्य हो । यहाँका बाख्रा त्यसै यसरी रुख चढेका छैनन्, त्यसको पछाडि एउटा कारण छ ।

उत्तर अफ्रिकामा मोरक्को भनिने एउटा देश छ जहाँका अधिकांश क्षेत्रहरू सुक्खा र बलौटे छन् । यहाँ आउने पर्यटकहरूले प्रायः यो प्रश्न सोध्छन्, यी बाख्राहरू रुखमा कसरी चढ्छन् ? यस्ता दृश्यहरू मोरक्कोमा सामान्य छन्, जहाँ दर्जनौं बाख्राहरू रूखहरूमा चढेको पाइन्छ । रुखको टुप्पोमा चरा जस्तै बसेको पनि देखिन्छ । ठाडो, भिरालो र पहाड भएको ठाउँमा जाने बाटोमा हिँड्दा–हिँड्दा बाख्राहरू रुख चढ्न सक्ने भएका छन् ।

यहाँ ‘अर्गन’ नामक फलको रुख पाइन्छ, जसमा बाख्राहरू चढ्ने गर्छन् । यी बाख्राहरूले यसको फलको बीउ खान्छन् तर गुदीलाई पचाउन गाह्रो हुने भएकाले फाल्छन् । यसमा लुकेको बीउबाट अर्गन तेल निस्कन्छ । जुन महँगो र उपयोगी छ । जब बाख्राले बीउ खान्छ, नजिकैका गाउँलेहरूले बहुमूल्य बाख्राको दिशा (बड्क्यौला) जम्मा गरेर अर्गन तेल बनाउँछन् ।

यहाँका बासिन्दाले चाहेको भए यो फल सिधै रुखबाट टिपेर आफ्नो काम गर्न सक्थे । तर बाख्रालाई खाना पनि मिल्छ, काम पनि हुन्छ । सायद त्यही भएर गाउँले आफैँ यो फल टिप्दैनन् ।