५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कुन कुन कार्यालय, निकाय खारेज गर्दैछ ? (सूची सहित)



अ+ अ-

काठमाडौं: सरकारले जिल्ला निर्वाचन कार्यालयसहित २० किसिमका कार्यालय एवं निकायहरुलाई खारेजी, गाभ्ने तथा पुनः संरचना गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सार्वजनिक खर्च कटौती गर्ने भन्दै २० निकाय खारेज गर्ने उल्लेख छ ।

खारेजीमा परेको जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाईका रुपमा राख्ने प्रस्ताव गरिएको छ । जिल्ला तथ्यांक कार्यालयलाई खारेज गरी स्थानीय तहबाटै तथ्यांक संकलन गरिने र समन्वयका लागि प्रादेशिक स्तरमा कार्यालय खोलिने बजेटमा उल्लेख छ ।

२०३७ सालमा स्थापित कपास विकास समिति पनि खारेजीमा परेको छ । ताल संरक्षण विकास समिति, भूमिगत जलस्रोत विकास समिति, जलस्रोत अनुसन्धान तथा विकास समिति, रेल्वे बोर्ड, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समिति, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल इन्टरमोडल यातायात तथा विकास समिति, पर्वतीय प्रशिक्षण विकास समिति खारेज गरेको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकापसमा गाभिने छ ।

कपास विकास समिति, राष्ट्रिय दुग्घ विकास बोर्ड, फिलाटेलिक तथा टिकट व्यवस्थापन कार्यालय, केन्द्रीय धानेश कार्यालय, अतिरिक्त हुलाक कार्यालय, बूढीगण्डकी जलविद्युत् आयोजना, वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्स्थापना इकाई, महिला तथा बालबालिका विभाग, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति, विभिन्न मेडिकल कलेज पूर्वाधार विकास समिति पनि खारेजीमा परेका छन् ।

खारेज गरिने, गाभिने र पुनःसंरचना गरिने निकायहरू

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/05/cancel-offices-2023.pdf” title=”cancel offices 2023″]