२६ श्रावण २०८३, मंगलवार
,
Latest
प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन: अध्यक्ष वैद्य यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका ५ निर्णयहरू सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रथम कोप चेसमा सुदिप बने च्याम्पियन



अ+ अ-

काठमाडाैंः पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधी सोमबार काठमाडौंका युवा खेलाडी सुदिप तामाङले जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए । सुदिपले ६ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै साढे ७ अंक जोडेका थिए । उनले उपाधीका साथ १० हजार नगद पुरस्कार जिते ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघको आयोजना, नेपाल बुद्धिचाल महासंघको सहयोजनामा भएको प्रतियोगितामा समान साढे सात अंक जोडेका फडे मास्टर क्षितिज भण्डारी दोस्रो भए । उनी सुदिपसँग प्रोगे्रशिप टाइब्रेकरमा पछि परे । उनले सात हजार नगद पुरस्कार जिते । नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले तेस्रो स्थानमा चित्त बुझाए । उनी अन्तिम चरणमा क्षितिज सँग बराबरी खेल्न पुगेका थिए ।

पुरुषोत्तम सिलवाल, सुुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सुरविर लामा, राजन पुरी र श्रीलंकाकी ओमवन आइएम एम सचिन राणसिंगे क्रमश चौथो देखि दशौं स्थानमा रहे । राणसिंगे महिलातर्फ प्रथम भइन् । ५५ बर्ष उमेरसमूह माथि भने भगवती प्रसाद शर्मा उत्कृष्ट रहे । सहकारीतर्फ एनसीएफका डिजिएम सुरेश थापा प्रथम भए, महिलातर्फ पुनम प्रसानी उत्कृष्ट भइन् । एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट भए । वेष्ट र्याङ्क सुधार गर्नेमा मनोज कुमार श्रेष्ठ उत्कृष्ट रहे ।

विजेता खेलाडीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष रमेश पोखरेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष विदुर गौतमले पुरस्कार वितरण गरेका थिए । महासंघका अध्यक्ष कँडेलले चेस प्रतियोगितालाई आगामी दिनमा अझै भव्य रुपमा आयोजना गर्ने घोषणा गरे । ललितपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १११ जनाको सहभागीता रहेको प्रमुख आर्विटर उमेश केसीले बताए । प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको उद्घाटन पूर्व मन्त्री केशव बडाल र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष गौतमले चेसको गोटी चालेर गरेका थिए । सो अवसरमा नेपाल बुद्धिचाल महासंघका पूर्व अध्यक्ष स्व राजेशहरी जोशीले चेस र सहकारीलाई सँगसँगै लैजाने खोजेको र आज त्यो सपना पुरा भएको बत्ताहरुले बताएका थिए ।