२६ श्रावण २०८३, मंगलवार
,
Latest
ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’ भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गाको कित्ताकाट फुकुवा गर्ने



अ+ अ-

काठमाडौँ । सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताउनुभएको हो । उहाँले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरि घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताउनु भयो । उहाँले महानगर र उपमहानगरमा वेज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने घोषणा गरेको हो ।

उहाँले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने बताउनु भयो। उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले सरकारले उत्पादन र रोजगार: समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तिब्रता दिने बताउनु भयो ।

उहाँले औद्योगिक प्रवद्र्धधन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताउनु भयो । उहाँले उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो ।