१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक रूपान्तरण गर्न डिजिटल बैंकको स्थापना गरिने



अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मुलुकको आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रको प्रवद्र्धन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा ‘आर्थिक रूपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गरिने’ घोषणा गरेका हुन् ।

‘यसका लागि सञ्चार पूर्वाधारको विकाश, डिजिटल बैंकको स्थापन, सुचना प्रविधि उद्योगको प्रवद्र्धन तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेसन र अन्य नेटवर्कको प्रयोगलाई बढावा दिइने छ,’ अर्थमन्त्री महतले भने ।

साथै सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने व्यवस्था मिलाउने पनि मन्त्री महतले बताए ।