• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी ★   इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग ★   युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी ★   ४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास ★   भिजिट भिसाका नाममा घरेलु कामदारमा जान खोज्नेलाई फर्काइँदै ★   घरका मठमा तुलसीको दल राखिँदै ★   मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने ★   मोरङको ग्रामथान पालिकाका अध्यक्ष गच्छदारको निधन

रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सांसद विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

कंसाकारलाई सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै विवादमा परेपछि रास्वपाले उहाँलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।

रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिनुभएको थियो तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकारलाई सांसद बन्ने बाटो खुला भएको हो ।