२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक बस्दै, आव २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची



file photo
अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरि बोलाईएको मन्त्रिपरिषद्को बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ।

अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने योजना गरेको छ। तर, बजेट के–कति ल्याउने मन्त्रिपरिषद् बैठकले नै तय गर्ने गर्छ।

यस्तै आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ। प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि भारत भ्रमण गर्दैछन् ।