• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

आगामी आवको बजेट सार्वजनिक हुँदै



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । यसका लागि संघीय संसदको संयुक्त बैठक अपराहन्न ४ः१५ बजे बोलाइएको सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले पहिलो पटक बजेट पेस गर्दै हुनुहुन्छ । अर्थमन्त्री महतले योजना आयोगले दिएको सीमाभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि राष्ट्रिय योजनाले १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ । आगामी वर्षको बजेटमा कर्मचारीको तलब भत्ता बढाउने, समाजिक सुरक्षा भत्ता बढाउने जस्ता प्रचारमुखी कार्यक्रमहरु समेटिएका छैनन् भने ७५३ वटै स्थानीय तहमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै नयाँ कार्यक्रम लागू गर्ने तयारी गरिएको छ ।

साथै, कृषि क्षेत्रमा दिँदै आएको सहुलियतपूर्ण कर्जा र कृषि अनुदानलाई थप व्यवस्थित गर्ने र उत्पादनका आधारमा दिने घोषणा बजेटमार्फत् हुन लागेको छ ।