९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा सरकारमा गएपछि महन्त ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि



अ+ अ-

काठमाडौं । सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। 

अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा जाने इच्छा व्यक्त गर्दागर्दै पनि मौका पाएनन्।

सरकारमा जान नपाएपछि उनी निकै रुष्ट बनेको स्रोतको भनाइ छ। तथापि राजकिशोरनिकट जसपाका केन्द्रीय सदस्य राहुल यादवले भने तत्काल सरकारमा जाने चाहना उनले नदेखाएको बताए। ‘सर्वोच्च अदालतको निर्णयपछि सरकारमा जाऔं भन्ने उहाँ ९राजकिशोर यादव० को अडान थियो तर नेता महतोलगायतले मान्नुभएन,’ राहुलले भने, ‘त्यसैले उहाँ आफ्नै खुसीले सरकारमा नजानुभएको हो।’

स्रोतका अनुसार ठाकुर–महतो पक्ष सरकारमा गएपछि राजकिशोर सम्पर्कमा छैनन्। उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया पनि व्यक्त गरेका छैनन्। सरकारमा सहभागी भएको भोलिपल्टै पूर्वराजपाको कार्यालय बबरमहलमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा पनि उनी उपस्थित भएनन्। उक्त कार्यक्रममा ठाकुर–महतो पक्षका अरू शीर्ष नेता भने सबै उपस्थित थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।