• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ घटेर एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार तेजाबी सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबारमा तेजाबी सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ तोकिएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ। शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।