२६ श्रावण २०८३, मंगलवार
,
Latest
सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस् गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा घेराउ गर्न खोज्ने २३ जना पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले कोशी प्रदेशसभा घेर्न खोज्ने २३ जनालाई पक्राउ गरेको छ । प्रदेश सभाको बैठक अवरुद्ध गर्न खोज्ने उनीहरुलाई प्रहरीले विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रदेश सभा सदस्यहरूलाई बैठकमा सहभागी हुन अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ ।

प्रदेशको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको छ ।

प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिको आयोजनामा हुने भनिएको प्रदर्शनलाई मध्यनजर गर्दै शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ भने सुरक्षामा कडाई गरिएको छ ।