२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा घेराउ गर्न खोज्ने २३ जना पक्राउ



अ+ अ-

विराटनगर । प्रहरीले कोशी प्रदेशसभा घेर्न खोज्ने २३ जनालाई पक्राउ गरेको छ । प्रदेश सभाको बैठक अवरुद्ध गर्न खोज्ने उनीहरुलाई प्रहरीले विराटनगरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रदेश सभा सदस्यहरूलाई बैठकमा सहभागी हुन अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ ।

प्रदेशको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको छ ।

प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिको आयोजनामा हुने भनिएको प्रदर्शनलाई मध्यनजर गर्दै शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ भने सुरक्षामा कडाई गरिएको छ ।