२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र र जनताको हीतका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हीतका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

उहाँले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका छन् । सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि । तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ । कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ । त्यसकारण प्रधानमन्त्रीको हैसियतले मैले हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन् । तर त्यो भन्दा माथि राष्ट्र र जनता हो, त्यसकारण जनताका हीतमा काम गर्न एक हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पार्नुभयो । उहाँले अहिले देशका अघि रहेका समस्या र चुनौतिको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।