२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र र जनताको हीतका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हीतका लागि काम गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

उहाँले जनताको हीतमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भुमिका छन् । सिद्धान्ततः त्यो कुरा हामी बुझ्छौँ पनि । तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यक्ता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ । कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ । त्यसकारण प्रधानमन्त्रीको हैसियतले मैले हुनतः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरु छन् । तर त्यो भन्दा माथि राष्ट्र र जनता हो, त्यसकारण जनताका हीतमा काम गर्न एक हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पार्नुभयो । उहाँले अहिले देशका अघि रहेका समस्या र चुनौतिको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।