२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा लागुऔषधसहित दुई युवती र एक युवक पक्राउ



अ+ अ-

गोदावरी । कैलालीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २० वर्षीया मैना साउँद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार उनीहरूको साथबाट छ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाइट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसमेत बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।