१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौँमा शुरु

अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौँमा शुरु
अ अ+ अ-

काठमाडौँ । नेपाल केमिकल सोसाइटी र रसायनशास्त्र केन्द्रिय विभाग त्रि.वि.को संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय केमिकल सम्मेलन काठमाडौंको पार्क भिलेजमा शुरु भएको छ ।

भारत, चिन, कोेरिया, जापान, बङ्गलादेश र नेपालका करीब तीनसय रसायनशास्त्रसँग सम्बन्धित वैज्ञानिकहरु सहभागी उक्त सम्मेलनमा विभिन्न ६ वटा बिधाका खोज अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत भइरहेका छन ।

दिगो विकासका लागि रसायनशास्त्र भन्ने मुख्य प्रकरणका साथ शुरु भएको सम्मेलनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्री एन.पीं साउदले गरेका थिए । सम्मेलनमा शुक्ष्म प्रविधि, पदार्थ विज्ञान, वातावरण रसायनशास्त्र लगायतका बिधामा आधारित विभिन्न वैज्ञानिक खोजमुलक अनुसन्धानात्मक कार्यपत्रहरुको प्रस्तुती र छलफल भइरहेको कुरा आयोजक संस्थाका अध्यक्ष सह.प्रा.डा.सुरेन्द्र कुमार गौतमले जानकारी दिए ।

सम्मेलनमा वातावरणीय प्रदुषणले निम्त्याउने स्वास्थ्य समस्या नियन्त्रणमा रसायनशास्त्रीहरुको भुमिका बिषयक समूहगत छलफलको पनि आयोजना गरिएको थियो । उक्त छलफलमा विश्व स्वास्थ्य संगठनका नेपालका प्रतिनिधी राजाराम पोटे श्रेष्ठ, बैज्ञानिक डा. बसन्त गिरी, नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधी एकदेव खनाल, त्रि.वि.की प्राध्यापक डा.रेजीना मास्के, यु.एस.एड. नेपाल प्रतिनिधी श्रृषा नन्ख्वा र जनस्वास्थ्यविद रीतीका के.सी. सहभागी थिए ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनले जारी गर्ने काठमाडौँ घोषणापत्र २०२३ को लेखन जिम्मेवारी संस्थाका महासचिव सह.प्रा.डा. महेश कुमार जोशीले पाएका छन् । कार्यक्रममा रहेका लगभग २५० वटा अनुसन्धानात्मक कार्यपत्रहरुको प्रस्तुतीकरणको सहजीकरण नेपाल केमिकल सोसाईटीका सचिव डा. सन्तोष खनालले गरेका छन् ।