२९ आश्विन २०८१, मंगलवार
,
Latest
अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल आजबाट खुले सरकारी कार्यालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्टले विश्वासको मत पाए, ओली पक्ष र जसपा विपक्षमा



अ+ अ-

कैलाली । विश्वासको मतका लागि आज सुदूरपश्चिम प्रदेश सभामा प्रस्ताव गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज नै सुदूरपश्चिम प्रदेशसभामा मतदान भएको थियो । 

यस मत विभाजनको प्रक्रियामा नै एमालेको माधव नेपाल पक्षले विश्वको मतको पक्षमा उभिएपछि भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै देखिएको छ । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । त्यस्तै कांग्रेसले भने मतदानमा भाग लिएन । काँग्रेसले अवाश्यक परे मत दिने भनेको थियो । 

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये १२ जना मतदानमा सहभागी भएनन्